समाचार

    उदयपुरगढीको हाडेबास कृषि फार्ममा आगलागी

    नवलपुर टुडे
    २०८० बैशाख २८ | मध्यान्ह ०३:०१ बजे
    फाइल तस्बिर

      उदयपुर‍, वैशाख २८ । उदयपुरको मध्यपहाडी क्षेत्रको उदयपुर गढीगाउँपालिका–७ हाडेबासस्थित किसान चोकबहादुर मगरको फार्ममा आज आगालागी हुँदा कृषि फार्मसहित– ४ गोठ र दुई घर गरी सात घर जलेर नष्ट भएको छ ।

      जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहान ९ बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको हो । 

      आगलागी हुनासाथ प्रहरीको टोली प्रहरी चौकी चुहाडे, उदयपुरगढी प्रहरी चौकीसहित स्थानीयले आगलागी नियन्त्रणमा लिएको प्रहरी प्रमुख ज्ञानेन्द्रकुमार फुँयालले बताए । रासस

        कमेन्टहरु