अपराध

    महिलालाई अश्लील क्रियाकलाप गर्न लगाई आफन्तलाई स्क्रिन रेकर्ड पठाउने पक्राउ

    नवलपुर टुडे
    २०८० बैशाख २८ | मध्यान्ह ०१:०१ बजे

      काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुरका नरेन्द्र केसी रहेको छ । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

      फेसबुकमा साथी बनेर म्यासेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी त्यसको स्क्रिन रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाइ आफू अनुकूल फाइदा लिने काठमाडौंको कीर्तिपुरका नरेन्द्र केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

      आफ्नो योजना अनुसारको कार्य गर्न पीडित महिला तयार नभएपछि उनले महिलाका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाएर हैरानी गर्न थालेपछि पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । केसीलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटिई गएको टोलीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो ।

      घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोका उप–निर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए ।

      photo 2023 05 11 13 31 38

        कमेन्टहरु