समाचार

    बाजुराको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प

    नवलपुर टुडे
    २०८० बैशाख २८ | बिहान ०७:०१ बजे

      काठमाडौं । बाजुरा जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

      यसअघि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

      नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

        कमेन्टहरु