समाचार

    वनमा लागेको डँडेलोमा परी दैलेखमा १२ जना मजदुर घाइते

    नवलपुर टुडे
    २०८० बैशाख २७ | मध्यान्ह ०५:०१ बजे

      दैलेख, वैशाख २७ । दैलेखको आठबीस नगरपालिका – ६ माल्याको वनमा लागेको डँडेलोमा परी १२ जना मजदुर घाइते भएका छन् ।

      माल्याको वनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उनीहरू बाटो खन्न गएका मेयर तर्कबहादुर बडुवाले जानकारी दिए । उक्त वनमा काम गरिहेको समयमा एक्कासि लागेको आगो फैलिँदा उनीहरू घाइते भएका हुन् । वनमा लागेको आगोबाट भाग्ने ठाउँ नभएपछि उनीहरूको शरिरमा आगो लागेको नगरप्रमुख वडुवालले बताए ।

      घाइतेहरूको दैलेख राखम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते १२ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । 

        कमेन्टहरु