देश

    बालकृष्ण खाँणलाई अदालत लैजाने तयारी

    नवलपुर टुडे
    २०८० बैशाख २७ | मध्यान्ह १२:०१ बजे

      काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालतमा उपस्थित गराउने तयारी गरिएको छ । बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाँणलाई अहिले काठमाडौं प्रहरी परिसर टेकु पुर्याइएको छ ।

      प्रहरीले जरुरी पक्राउ पूर्जी जारी गरेर खाँणलाई बुधबार बिहान पक्राउ गरेको थियो। अब बाँकी अदालती प्रक्रिया पुरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको प्रहरीले जनाएको छ। आजै उनका स्वकिय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्। 

        कमेन्टहरु