देश

    नक्कली भुटानी शरणार्थी प्रकरण: कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    नवलपुर टुडे
    २०८० बैशाख २७ | बिहान १०:०१ बजे
    फाइल तस्बिर

      काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । खाणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

      खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ ।

      यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी अझै फरार छन् । उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।

      यही प्रकरणमा यसअघि रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ परिसकेका छन् ।

        कमेन्टहरु