देश

    स्टिङ अपरेसन नगर्न सर्वोच्चको आदेश

    नवलपुर टुडे
    २०७८ बैशाख ८ | मध्यान्ह ०३:०१ बजे

      बैशाष ८,काठमाडौं ।
      सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न आदेश जारी गरेको हो।

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले अख्तियारको स्टिङ अपरेसन खारेज गर्न माग गर्दै निवेदन दिएका थिए।

      अख्तियारले यस्तो‘स्टिङ अपरेसन’ आफ्नो नियमावलीका आधारमा गर्दै आइरहेको थियो।

        कमेन्टहरु