काठमाडौस्थित विभिन्न मेनपावरले सयौं नेपाली श्रमिकलाई मलेसियामा अलपत्र पार्यो


रामजि प्रजापती
मलेसिया । मलेसियाको गेन्तिङ हाईलेन्डमा सयौं भन्दा बढी नेपाली श्रमिक फसेको भिडियो सार्वजनिक भएको छ । नेपालका विभिन्न मेनपावरले प्रति ब्यक्ति ३००००० (तीन लाख) सम्म लिएर पठाएता पनि तीन चार महिनादेखि कम्पनीले काम नदिएर बसालेको तथ्य बाहिरिएको छ ।
श्रमिकहरुल आफूमाथि परेको समस्या मेनपावरलाई फोन मार्फत जानकारी गराउदा पनि केही सुनवाइ नभएको भन्दै गुनासोपोखेका छन । न मर्न न बाँच्नु बनाईदिएको ती मेनपावरमाथि कार्यवाहीको माग गर्दै गेन्तिङको बाटोमा बसेर भए भरको समस्या एक भिडियो मार्फत सुनाएका छन ।
मलेसियामा रहेको दुताबास (mbc) लाईसमेत पत्र लेखेर दिएपनि अहिलेसम्म केही सुनवाइ नगरेको भनेर ती पीडितहरुले भनेका छन । ती फसेका श्रमिकसंग भएजतिको पैसा खानामा सिद्धिएर अहिले भोकभोकै बस्ने बाध्यता भएको छ । सबै सरोकारवाला सामु पुर्याइदिनको लागि मिडियोमा श्रमिकहरुले गुहार मागेका छन ।
आफ्नो देशमा रोजगार नभएपछि विदेशिनु पर्ने हामी नेपालीको प्रमुख बाध्यतानै बनिसकेको छ । आफू र आफ्नो परिवारलाई खुसी राख्नकै लागी मलेसिया र खाडी मुलुक जाने नेपाली युवाको संख्या झन – झन बढ्दै गैइरहेको छ्। करिब करिब ६० लाख नेपालीहरु वैदेशिक रोजगारीमा कार्यरत रहेको तथ्यांकमा देख्न सकिन्छ।
श्रमिकको कमाई मार्फत कर असुलेर पेट पालिरहेका नेपालका नाईकेहरु कहिले बुझ्दिने ? के हामी नेपाली हैनौ र ? हामी आफ्नो देशमा हेपिन्छौ र बिदेशमा पनि हाम्रो समस्याको समाधान कहिले हुन्छ भनी प्रश्न गरेर सरकारलाई झकझकाएका छन ।
भिडियो:





