समाचार

    दमकमा प्रहरी र पहिचान पक्षधरबीच झडप, स्थिति तनावग्रस्त

    नवलपुर टुडे
    २०८० बैशाख २६ | मध्यान्ह ०७:०१ बजे

      बिराटनगर । कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचानपक्षधर र प्रहरीबीच झापाको दमकमा झडप भएको छ । पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो । 

      झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् । यसक्रममा थुप्रै घाइते भएका छन् । 

      प्रदेशको नाम ‘कोसी’ खारेज गरी पहिचानको आधारमा नाम राख्नुपर्ने माग राख्दै लामो समयदेखि अन्दोलनरत पहिचान पक्षधरले आज दमकमा राँकेजुलुसको आयोजना गरेका थिए । 

        कमेन्टहरु