कपिलवस्तुको कृष्णनगरबाट १० केजी चरेससहित धादिङका दुई जना महिला पक्राउ


कृष्णनगर, कपिलवस्तु, बैशाख २६ । ईप्रका कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. ०२ यात्रुगेटस्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेससहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला धादिङ साबिक खनियाबास गा.बि.स. वडा नं. ५ बस्ने वर्ष ४९ की संगिता तामाङ र जिल्ला धादिङ साबिक सत्यवती गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५९ की सेती तामाङ रहेका छन ।
उनिहरुलाई रोकी सोधपुछ गर्दा शंका लागि रितपुर्वक निजहरुको शरिर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध (चरेश) जस्तो देखिने र गन्ध आउने छाम्दा हल्का गिलो अवस्थामा रहेको कालो पदार्थ फेला पारी जसलाई डिजिटल मापन यन्त्रमा तौल गर्दा संगिता तामाङको साथबाट जम्मा १० के.जि. फेला परेको तथा पक्राउ परेका व्यक्तिमाथी थप अनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक नवराज ढुंगेलले जानकारी दिएका छन्।





