समाचार

    टाेपबहादुर रायमाझीकाे घरमा प्रहरीकाे छापा

    नवलपुर टुडे
    २०८० बैशाख २६ | मध्यान्ह ०५:०१ बजे

      काठमाण्डाै, वैशाख २६ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेकाे छ । प्रहरीको विशेष टोलीले मंगलबार ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेकाे हाे ।

      नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत उनी पक्राउ परेका छैनन् । तर आज भने प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधिको रोहवरमा उनको घरमा छापा मारेको हो । रायमाझीको घरमा उनको गाडी भेटिएको थियो ।

      उक्त घटनामा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । 

        कमेन्टहरु