समाचार

    पाल्पाको रामपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख २६ | मध्यान्ह ०५:०१ बजे

      पाल्पा, वैशाख २६ । पाल्पामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुर नगरपालिका–५ भम्बक बस्ने ३४ वर्षीय गोविन्द कुमालको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

      काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका कुमालको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

        कमेन्टहरु