राजनीति

    प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

    नवलपुर टुडे
    २०८० बैशाख २६ | बिहान ११:०१ बजे

      काठमाडौं, वैशाख २६ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

      बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

      बैठकमा समसामयिक राजनीतिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

        कमेन्टहरु