समाचार

    दार्चुलाको हिम पहिरो अप्डेट: १ जनाको शव फेला

    नवलपुर टुडे
    २०८० बैशाख २६ | बिहान ११:०१ बजे

      काठमाडौँ । दार्चुलाको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।

      ब्यास गाउँपालिकामा हिमपहिरोमा बेपत्तामध्ये ईश्वरी थापाको शव भेटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

      २८ वर्षीया ईश्वरी डोटीको जोरायल गाउँपालिका–२ की स्थानीय हुन् । सशस्त्र प्रहरी बल नम्बर–५० गुल्म छाङरुबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेर पोष्मार्टमका लागि अस्पताल पठाएको छ ।

      यसअघि सो ठाउँमा ३ जनाको शव भेटिएको थियो । 

        कमेन्टहरु