मधेश प्रदेश

    सिरहाको गोल बजारमा ग्याँस सिलिन्डर विस्फोट, पसल नष्ट

    नवलपुर टुडे
    २०८० बैशाख २६ | बिहान ०८:०१ बजे

      सिरहा सम्बादाता
      सिरहा । सिरहाको गोल बजार नगरपालिका- ४ स्थित एक होटलमा ग्याँस विस्फोट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ । जोगी साहले सञ्चालन गरेको होटलमा ग्याँस सिलिन्डर पड्केर आज बिहान आगलागी भएको हो ।

      आगलागीबाट होटल भएको घर र भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ । ‘आज बिहान होटल खोलेर ग्याँस बालेलगत्तै आगो लागेर सिलिन्डर पड्कियो,’ स्थानीय गणेश साहले भने, ‘होटलमा रहेको ६ वटा त ग्याँस सिलिन्डर सबै पड्कियो । आगोबाट होटल नै ध्वस्त भयो । मानवीय क्षति हुनबाट जोगिएको छ ।’

      आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको अनुमान छ । होटल नष्ट भइसकेपछि पुगेको वारुणयन्त्र, प्रहरी र स्थानीले आगो नियन्त्रणमा लिएका छन् ।

        कमेन्टहरु