समाचार

    ढाकाकुमार श्रेष्ठको मुद्दामा अल्पकालीन अन्तरिम आदेश

    नवलपुर टुडे
    २०८० बैशाख २५ | मध्यान्ह ०३:०१ बजे

      काठमाडौं, वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश फैसला गरेको छ । सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।

      आफूलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले हिजो आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

      मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले वैशाख १२ गते उनको सांसद पद खारेज भएको घोषणा गरेका थिए ।

        कमेन्टहरु