समाचार

    भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गयो

    नवलपुर टुडे
    २०८० बैशाख २५ | बिहान ०९:०१ बजे

      भारत, बैशाख २५ । भारतको केरलामा डुङ्गा डुब्दा २१ जनाको ज्यान गएको छ । केरलाको मलप्पुरममा डुङ्गा दुर्घटना भएको हो । दुर्घटनामा केही घाइते भएका छन् ।

      डुङ्गामा कति जना यात्रु थिए भन्ने खुलेको छैन । केरलाका मुख्यमन्त्री विजय पिनारईले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनु भएको छ । उहाँले आज दुर्घटनास्थलको निरीक्षण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

      यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप जनही दुई लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नु भएको छ । एजेन्सी

        कमेन्टहरु