समाचार

    सांसद पदमा बहाली माग गर्दै सर्वोच्चमा ढाकाकुमार श्रेष्ठको रिट

    नवलपुर टुडे
    २०८० बैशाख २४ | मध्यान्ह ०४:०१ बजे

      काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट निष्कासित गरेका ढाकाकुमार श्रेष्ठले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । श्रेष्ठले आइतबार रिट दायर गरेका हुन् ।

      उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार (भोलि)लाई पेसी तोकिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

      उक्त कारबाहीका आधारमा सभामुख देवराज घिमिरेले वैशाख १२ गते उनको सांसद पद खारेज भएको घोषणा गरेका थिए ।

        कमेन्टहरु