गण्डकी प्रदेश

    असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

    नवलपुर टुडे
    २०८० बैशाख २४ | मध्यान्ह ०१:०१ बजे

      गण्डकी, वैशाख २४ । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।

      साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्‍याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । केही स्थानमा क्षति पुर्‍याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए । 

      वडा नं ३२ स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ । रासस

        कमेन्टहरु