नवनियुक्त मन्त्री आचार्यले लिए पद तथा गोपनीयताको शपथ

नवलपुर टुडे
२०८० बैशाख २४ | मध्यान्ह ०१:०१ बजे

काठमाडौँ, वैशाख २४ । नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका हुन् ।
आचार्यले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसै गरी यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको कार्यभार तोकिएको छ ।






