समाचार

    आर्या फर्माल्याब प्रा.लि.को आयोजनामा होटल भिस्वामा पारा मेडिकल कार्यक्रम सम्पन्न

    रंजित चौरसिया
    २०८० बैशाख २३ | बिहान ०१:०१ बजे

      वीरगंज २२ बैशाख । आर्या फर्माल्याब प्रा.लि.को आयोजनामा वीरगंजको होटल भिस्वामा शुक्रवार पारा मेडिकल कार्यक्रम सम्पन्न भएको छ ।
      कुणाल फार्मेसीको प्रयोजनमा आर्या फर्माल्याबले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि आर्या फर्माल्याब प्रा.लि.का महाप्रबन्धक विकाश बरालले आर्या फर्माल्याबबाट उत्पादित औषधीहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउदै यो प्रा.लि. संघाई ग्रुपले नै सञ्चालन गरेको बताए ।

      संघाई ग्रुपअन्र्तगत आर्या फर्माल्याब सँगै एग्रोथा, ईनर्जी फुड्स, मकालु डिस्टीलरी, नेपो टेक्सटायल लगायतका उद्योगहरु सञ्चालन रहेको बरालले बताए । उनकाअनुसार निकट भविष्यमै नेपालको बढ्दो बेरोजगारीको संख्यालाई कम गरी स्वदेशमै रोजगार सृजना गर्ने किसिमका योजनाहरु पनि संघाई ग्रुपले ल्याउने तयारी गरिरहेको बताए । साथै उनले नेपाल सरकारलाई धेरै कर बुझाउने ग्रुपअन्र्तगत संघाई ग्रुप पनि रहेको हुँदा संघाई ग्रुपले राज्यको अर्थतन्त्रमा पनि टेवा पु¥याइरहेको बरालले दावी गरे । आर्याले हाल सम्म ८२ प्रकारका औषधी विक्रि वितरण गरिरहेको र चाडै ४७ प्रकारका औषधीहरु उत्पादन गर्न लागेके बताएका थिए ।

      कार्यक्रममा एनसिडिए बाराका रामबाबु प्रसाद साहले आर्या फर्माको उत्पादनको सराहना गर्दै आगामी दिनमा पनि उपभोक्ताहरुको मन जित्ने खालका अन्य उत्पादन बजारमा ल्याउन सुल्झाएका थिए । कम्पनीका एरिया म्यानेजर दिपक मल्लीकले आर्या फर्मा ल्याबको बजार बिस्तारबारे स्पष्ट पारेका थिए ।

      सोही अवसरमा आर्या फर्माल्याबका चिफ फर्मासिएट विवेकानन्द भुँडेलले आर्याले उत्पादन गर्दै आएको विभिन्न किसिमका औषधीहरुको गुणस्तरका बारेमा भिडियोमार्फत बृत्तचित्र प्रस्तुत गरेका थिए ।

      कुणाल फर्मा डिष्ट्रीब्युटर्सका पंकज मालीको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्सा, बारा, रौतहट र मकवानपुरका स्वास्थ्यकर्मी, पारा मेडिकल, औषधी बिक्रेता लगायत करिब २५० जनाको सहभागीता रहेको थियो ।

      कार्यक्रममा सहभागीहरुलाई संघाई ग्रुपले उत्पादन गरेका विभिन्न सामग्रीहरु उपहारस्वरुप प्रदान गरिएको कम्पनीका मेडिकल सेल्स अफिसर (एमआर) बिशाल कुमार गुप्ताले बताए ।

        कमेन्टहरु