देश

    संखुवासभा हेलिकप्टर दुर्घटना अप्डेट : घाइते भएका एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०८० बैशाख २२ | मध्यान्ह ०५:०१ बजे

      संखुवासभा, वैशाख २२ । संखुवासभाको भोटखोला–४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका स्थानीय भविन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्ने कर्मचारी रहेको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनका अनुसार हेलिकप्टरमा सवार चार जना गम्भीर घाइते छन् ।

      क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

      आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु