पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई खोजी गर्दै प्रहरी

नवलपुर टुडे
२०८० बैशाख २२ | मध्यान्ह १२:०१ बजे

काठमाडौं, वैशाख २२ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई प्रहरीले खोजिरहेको छ।
उनी कहाँ छन् भन्ने अहिलेसम्म एकिन नभएका कारण प्रहरीले उनलाई खोजिरहेको हो । पक्राउ पुर्जी जारी भएपछि बिहीबार एक वक्तव्य जारी गर्दै प्रतीकले आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।
जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।





