देश

    विभिन्न पत्रपत्रिकामा प्रकाशित शिक्षक तथा लेखक खड्क पामी आले मगरको अनवरत पाइला…..

    नवलपुर टुडे
    २०७७ भदौ ४ | मध्यान्ह ०१:०५ बजे

      तनहुँ । भदौं ४ बिहिवार 

      समयको अनन्त गर्भबाट

      अनयास, अनयासै म पनि जन्मिएछु !भूगोलको भु- खण्ड बाट;
      यी, हिमशृङ्गखला, झर्ना, पहाड, पखेराहरु-
      चियाउँदै-चियाउँदै,
      मैले पनि लामो सास फेरेको छु, फेर्दैछ।
      नेपाल आमाको सुपुत्र बन्ने
      मीठो अभिलाषा बोकेर ।

      मैले पनि मिठा मिठा सपनाहरू देखेका थिएँ ,
      मेरा ती सपनाहरु भ्रम मात्र भैगयो- हुँदैछ।
      खै ! म मेरा जिजिविषा खोज्न कहाँ जाउँ ?

      न्यायलयको ढोका ढोकामा,
      म दुई हात पसार्न पुगेका हुन्छु-पुगिंदैछ ।
      अतृप्त प्यासलाई एक घुट्को पानी माग्न,
      ती भोका पेटहरुलाई एक मुठी नुनिलो फाँडो खोज्न ।

      बल्की,
      म रित्तो हात हल्लाउँदै फर्किरहेका हुन्छु-फर्किंदैछ ।
      मेरा भोका पेट नाङ्गो आङ
      चिच्याईरहेका हुन्छु- चिच्याउँदैछ ।
      तर ,
      मेरा चीत्कार क्रन्दन्हरु नसुनेको हुँदो,हो-सुनिदिएनन ।

      एक्कासी ! 
      म मेरो झुप्रोमा रुन कराउन आईपुगेका हुन्छु- आउँदैछ।
      जब म कराउँछु,छट्पटाउँछु
      भयाँकर ठूलो मेघ गर्जन्छ त्यहाँ ,
      मेरो झुप्रो भत्काउने गरि – मलाई तर्साउने गरि ।

      म मेरा चीत्कार क्रान्दन्लाइ रोक्दै
      चुपलागेका हुन्छु-चुपलाग्दैदैछ ।
      चोइटिएको मुटु ‘भत भत’ पोलेर
      चिरा चिरा चर्किंदै छ ।
      मेरा ठेला उठेका हातहरुले थिचिरहेका हुन्छु- थिचिंदैछ ।

      उफ !
      अद्भुत शब्दमा , झिनो चिच्याईमा ,
      अनवरत चिच्याइरहेका हुन्छु- चिच्याउँदैछ ।
      तर मेरो चिच्याहट सुनिदिने कोहीभएन।
      सुनिरहाँदो हो त,-
      ती अमुक खम्बाहरुले, ती भित्ताहरुले ।
      हेरिरहाँदो हो; 
      ती अट्ल निश्चल हिमालहरुले ।

      अनयासै, म यस्तै भएँ ,
      मेरा बा आमाका मिठा मिठा सपनाहरू
      अँधेरो खल्डोमा डुब्ने भयो-डुप्दैछ ।
      मैले मेरा बा आमाको ॠण चुक्ता गर्न 
      नसक्ने नै भएँ ।
      एक मुठी नुनिलो जाउलो खुवाउन
      नसक्ने नै भएँ ।

      अब त म,
      नेपाली आमाका तमाम भोका नाङ्ग सन्तानहरुका लागि,
      जाउलो माग्न निस्केका हुन्छु-निस्किंदैछ।
      ओत नपाई निथ्रुक्क भिज्नेहरुका लागि
      ओत खोज्न भौतारिरहेका हुन्छु -भौतारिंदैछ ।
      गन्तव्य तिर बढिरहेको हुन्छु- बढ्दैछ ।

      किनकि,
      जेठा दाजु र काकाहरुले मात्र ओगटेका विधयक मण्डल विघटन गर्न,
      तानाशाही निर्णयहरु तोड्न,
      तमाम नेपाली दाजुभाइहरुलाई
      सामनुपातिक अंश दिलाउन ।

      त्यसैले त ,
      अब म
      हुँचिलहरुको ‘हुँ, हुँ’ सुनी तर्सिन्न 
      स्याल र ब्वाँसोहरुको ‘हूँईयाँ ! सुन्दैमा म भाग्दिन 
      अब मेरा पाइलाहरु 
      विशाल फड्कोको रुपमा;
      अनवरत अनवरत चलिरहेका हुन्छु- चल्दैछ 
      …अनवरत ,अनवरत !

      लेखक :- खडक पामी आले मगर
      रचना :२०५१ साल ,असार १० गते,
      जमडाँडा तनहुँ 
      (विभिन्न पुस्तक पत्र पत्रिकाहरुमा प्रकाशित)

        कमेन्टहरु