बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प

नवलपुर टुडे
२०८० बैशाख २१ | मध्यान्ह ०३:०१ बजे

धनगढी, वैशाख २१ । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार बिहिबार दिउँसो १ बजेर १७ मिनेटमा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ७ को रजातोलीमा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका लगायतका क्षेत्रमा महसुस गरिएको छ । माघ यता मात्रै बाजुरा केन्द्र बिन्दु भएर नौ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।





