समाचार

    टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    नवलपुर टुडे
    २०८० बैशाख २१ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौँ, वैशाख २१ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

      नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर संगठित रुपमा करोडौँको ठगी गरेको आरोपमा रायमाझीलाई बुधबार प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । उनलाई बिहीबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

      अदालतमा प्रहरीले उनलाई हातमा हतकडी लगाएरै पुर्‍याएको थियो । अदालतले आजै उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति दिएको छ । अब उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान गरिने छ ।

        कमेन्टहरु