समाचार

    पुर्व मन्त्री टोपबहादुर रायमाझी भैरहवामा लुकेको आशंका

    नवलपुर टुडे
    २०८० बैशाख २१ | बिहान ०९:०१ बजे

      काठमाडौं, वैशाख २१ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् ।

      बुधवार पक्राउ पुर्जी जारी हुँदा उनि अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी काठमाडौं आएनन् ।

      पूर्व मन्त्री रायमाझी भैरहवामा लुकेको प्रहरीको आशंका छ । भैरहवामा उनको खोजीमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

      भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझी माथि आरोप लागेको छ ।

      शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझीको संलग्नता खुलाएका छन् ।

        कमेन्टहरु