गण्डकी प्रदेश

    आज गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

    नवलपुर टुडे
    २०८० बैशाख २१ | बिहान ०७:०१ बजे

      पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनको लागि गण्डकी प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

      नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे गत वैशाख १४ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

      यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो । उनले आज संविधानको धारा १६८ (२) अनुसार विश्वासको मत लिन लागेका हुन्  । 

      गण्डकी प्रदेशमा ६० सिट रहेको र बहुमतका लागि ३१ सिट आवश्यक पर्छ । सो प्रदेशमा मुख्यमन्त्री पाण्डेलाई समर्थन जनाउने दलको सङ्ख्या ३५ रहेको छ । 

      कांग्रेसको २७ , माओवादी केन्द्रको ७ र एकीकृत समाजवादीको एक गरी ३५ सांसद् पाण्डेको पक्षमा रहेका छन् । 

        कमेन्टहरु