देश

    घरमा ट्रक ठोक्किदाँ विद्यार्थीसहित ९ जना घाइते

    नवलपुर टुडे
    २०८० बैशाख २० | मध्यान्ह १२:०१ बजे

      तनहुँ, वैशाख २० । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । ना ४ ख १९७३ नम्बरको ट्रकले विद्यालय जान तयार भएका बालबालिका जम्मा भएको घरलाई ठक्कर दिएको हो ।

      दुर्घटनामा ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल र ३५ वर्षीया शान्ति भुजेल घाईते भएका छन् ।

      जस्मध्ये तीन जनाको अवस्था गम्भीर छ । ट्रक चालक आँबुखैरहनी प्रहरीको नियन्त्रणमा छन् ।

        कमेन्टहरु