भरतपुरमा व्यवसायी शंकर कँडेल आफ्नै अफिसमा मृत भेटिए

नवलपुर टुडे
२०८० बैशाख १९ | मध्यान्ह ०८:०१ बजे

चितवन, बैशाख १९ । चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । आज साँझ भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनी नेपाली काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् । उनी चितवनका सफल पोल्ट्री व्यवसायीको रुपमासमेत परिचित थिए । उनले अनमोल फिड्स उद्योग संचालन गरिरहेको थिए ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेर शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।





