लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

    नवलपुर टुडे
    २०८० बैशाख १९ | मध्यान्ह ०८:०१ बजे

      बुटवल, बैशाख १९ । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन पनि अन्त्य भएको हो ।  

      लुम्बिनी प्रदेश प्रमुखको कार्यालय बुटवलले विज्ञप्ति जारी गर्दै मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य हुने जनाएको छ ।  

      कार्यालयका सचिव प्रह्लाद पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (२) अनुसार प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको उल्लेख गरिएको छ ।

        कमेन्टहरु