समाचार

    रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन

    नवलपुर टुडे
    २०८० बैशाख १९ | मध्यान्ह ०३:०१ बजे

      काठमाडौं, वैशाख १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालकको निधन भएको छ । 

      घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो । आफन्तले थापाको शव अस्पतालबाट लिएर गइसकेका छन् । 

      गत वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए । उनलाई एयरलिफ्ट गरी उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो । 

        कमेन्टहरु