समाचार

    नवलपरासीको सुस्ता गाउँपालिकामा अबैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी

    नवलपुर टुडे
    २०८० बैशाख १८ | मध्यान्ह ०३:०१ बजे

      नवलपरासी । पश्चिम् नवलपरासी सुस्ता गाउँपालिकामा पर्ने नारायणी नदिमा अबैध रुपमा बालुवा गिट्टी नदी जन्य बस्तु दिनहुँ चोरी निकासी भइरहेको छ। सुस्ता गाउँपालिकाको ३,४,५ वडा पर्ने नारायणी नदीमा ट्याक्टर टिपर साधन प्रयोग गरि नदीजन्य बस्तु बालुवा गिट्टी दिनहुँ निकासी भइरहेको छ । स्थानीय सरकार र जनप्रतिनिधिले यस विषयमा चासो नलिदा चोरी निकासी भएको हो ।

      स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी, बालुवा लाखौँ घनमिटर रातदिन चोरी निकासी र उत्खनन भइरहेको छ, तर यहाँका सरोकारवाला निकाय मौन छ । सुस्ता गाउँपालिकामा पर्ने नारायणीका नदीजन्य वस्तुको उत्खनन र चोरी निकासी भइरहेको छ । अनुमतिविना नदीको धार र स्वरूप परिवर्तन हुने गरी साधन प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन हुँदै छ । जथाभावीरुपमा नदी उत्खनन गर्दा नदीको धार परिवर्तन भइ कटानको जोखिम हुने स्थानीयले बताए ।

      सम्बन्धित निकायको अनुमतिविना नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समिति (जिसस) र सुस्ता गाउँपालिका समन्वयगरी स्थानीय बासीलाई अतिआवश्यक परेकाको खण्डमा पलिकाबाट रसिद कटाई वलुवा निकालने प्रवधानभएपनि रातमा अबैध चोरी निकासी भइरहेको सुस्ता ५ का वडा अध्यक्ष प्रभु यादवले बताउनु भयो ।

      नेपाली प्राकृतिक सम्पदा नदीजन्य बस्तु अबैधरुप सवारी साधनको प्रयोग गरी गिट्टी बालुवा खनिज बस्तु विभिन्न माध्यमले चोरी निकासी गरी सुस्ता र प्रतापपुर गाउँपालिका सिमावर्ती नाकाबाट भारतमा बालुवा गिट्टी तस्करी गरिएको पाइएको छ ।

        कमेन्टहरु