नगर प्रमुख र खानेपानी प्रमुखले सुनेनन् स्थानीयको गुनासो


रामजि प्रजापति
परासी । नगर प्रमुखको आलोचना गरेर नथाकेका रामग्रामका स्थानीय बासिन्दाहरु महिनौ बितिसक्दा पनि स्थानीयको गुनासो र समस्याको समाधान नगरेको भन्दै रामग्राम नगरपालिकाको प्रमुख धेरै आलोचित बनेका छन । रामग्राम नगरपालिका प्रमुखले स्थानीयले जति समस्या समाधानका लागि अनुरोध गर्दा पनि बेवास्ता गरेको आरोप लगाउदै आईरहेका छन । अझै स्थानीयले त नगरपालिका प्रमुखले लाज पचाए कानमा तेल हालेर बसेको आरोपसमेत लगाएका छन ।
यति बेला नगर प्रमुखको आलोचना विभिन्न सामाजिक संजाल र धेरै मिडियाबाट आलोचित भएपनि अहिलेसम्म यहाँको स्थानीयले पिउने पानी ब्यबस्था गर्नको लागि १ किलोमिटर टाढा पानी लिन पुग्ने बाध्यता रहेको छ । रामग्रामका जनताले पिउने पानीको समस्याबाट कहिले मुक्त हुने, यहाँको जनताले पिउने पानीको लागि सधै दुख ब्यहोर्नु पर्ने हो ? रामग्राम नगरपालिका प्रमुख र खाने पानी संस्थानका प्रमुख यति बेला एक अर्कालाई दोषारोपण गरेर पानी माथिको ओभानो बन्न खोजिरहेका छन भने उता स्थानीय जनताले खाने पानीको समस्या भोगिरहेका छन । यी दुई प्रमुखको रबैयाबाट स्थानीय वाक्क दिक्क भएका छ्न ।
रामग्राम- ५ का स्थानीयले भोगेको पीडा नगर प्रमुख र खानेपानी प्रमुखले कहिले बुझ्ने ? आफ्नै नगरबासी पिउने पानीबाट काकाकुल अबस्थामा रहदा लाज पचाएर दुई प्रमुख बसेका छन ।
पश्चिम नवलपरासीको रामग्राम- ५ का बासिन्दाहरु आफ्नो वडामा खानेपानीको ब्यवस्था नहुदा वडा नम्बर ३ मा एक किलोमिटरको दुरी पार गरेर पिउने पानी लिन घण्टौ कुरेर पानी लिन बाध्य छन । बिगत चार बर्षदेखि खानेपानीले जडान गरेको पाईप लगाउने प्रति घर पाँच हजार असुली त गर्यो । तर, पिउने पानी स्थानीयले उपभोग गर्न पाएनन ।
स्थानीयले खाने पानीको समस्या समाधानका लागि पटक पटक खानेपानीको कार्यालयमा पुगि मौखिक र लिखित रुपमा निबेदन दिए । तर खानेपानी प्रमुखले कहिले सुनुवाई गरेन । उल्टो खानेपानी प्रमुखले नगरपालिका प्रमुखले भनेपछि काम हुन्छ भन्दै जबाफ दिईरहे । यता स्थानीय चार बर्षसम्म त कुरे । अन्तमा स्थानीयहरु नगरपालिका प्रमुखलाई भेट्न पुगे । नगरपालिका प्रमुखले पनि खानेपानी समस्या समाधानका लागि खानेपानी कार्यालयबाट समाधान हुन्छ भनी जवाफ पाएपछि स्थानिय अन्योलमा परेका छन । खानेपानी कार्यालयका प्रमुखले नगरपालिकाले खानेपानीको ब्यबस्थापन गर्ने भनिएपछि यतिबेला स्थानीय नगरपालिका प्रमुखमाथि आक्रोश पोखेका छन ।
अहिले स्थानीयहरु चार बर्ष पहिला खानेपानी सस्थानलाई बुझाएको पाँच हजार पैसाले ल्याएको खानेपानीको पाईपमा कपडा सुकाउन बाध्य भएका छन । आर्सेनिक पानी खादा धेरै जनता रोगको सिकार हुँदै आईरहेको जानकारी हुदा पनि स्थानीय सरोकारवाला मौन भएर बसेको देख्दा स्थानीयबासी चिन्तित चिन्तित हुँदै नगर प्रमुख विरुद्ध आक्रोसित भएका छन । नगर प्रमुख खानेपानीको उद्वटानमा पुग्छन तर कार्यान्वयन हुदैन । दुनियाँभरिको भाषणबाजी गर्ने, यो गर्छु त्यो गर्छु भन्ने तर, केही गर्ने होइन रहेछ अहिलेको नगर प्रमुख भनेर स्थानीयले बिरोध जनाएका छन । नगर प्रमुखले जनतालाई जनता नबुझेर जन्तु बुझिरहेका छन कुनै प्रकारको समाधान गर्ने तरखरमा छैनन् भनि स्थानीयले रिस पोखेका छन ।





