रुखमा झुन्डिएको अवस्थामा भेटियो मानव कंकाल

नवलपुर टुडे
२०८० बैशाख १७ | मध्यान्ह ०६:०१ बजे

धनगढी, वैशाख १७ । कञ्चनपुरमा रूखमा झुन्डिएको अवस्थामा मानव कंकाल भेटिएको छ ।
शुक्लाफाँटा नगरपालिका – ११ कालिका सामुदायिक वनमा आइतबार कंकाल भेटिएको प्रहरीले जनाएको छ । कंकाल धेरै पुरानो भएकाले पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थल नजिक चप्पल र टोपी भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





