धनुषामा उपमेयरको गाडीले किचेर १४ महिने बालिकाको मृत्यु

नवलपुर टुडे
२०८० बैशाख १७ | मध्यान्ह ०५:०१ बजे

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं.९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको छ ।
प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायसहित गाडी पनि नियन्त्रण लिएको छ ।





