बुद्ध एअरले किन्यो ७२ सिटकाे नयाँ जहाज

नवलपुर टुडे
२०८० बैशाख १६ | बिहान ०७:०१ बजे

काठमाडौं, वैशाख १६ । बुद्ध एयरले नयाँ जहाज किनेको छ । कम्पनीले शुक्रबार साँझ १५औं एटीआर-७२ जहाज किनेको हो ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर १ महिनाभित्र उडान सेवा सुरु गर्ने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नयाँ जहाज ७२ सिटे क्षमताको छ ।
नयाँ जहाज किनेसँगै बुद्धको १२ वटा एटीआर–७२ र तीन वटा एटीआर–४२ गरी १५ वटा पुगेको छ ।





