आजको मौसम पूर्वानुमान

नवलपुर टुडे
२०८० बैशाख १६ | बिहान ०६:०१ बजे

काठमाडौँ, वैशाख १६ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।





