गण्डकी प्रदेश

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

    नवलपुर टुडे
    २०८० बैशाख १४ | मध्यान्ह ०४:०१ बजे

      पोखरा, वैशाख १४ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् ।

      उनलाई नेपाली कांग्रेसको २७, नेकपा माओवादी केन्द्रको ७ र नेकपा एकीकृत समाजवादीको १ गरी ३५ जना सांसदको समर्थन रहेको छ । गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसद चाहिन्थ्यो ।

      नवनियुक्त मुख्यमन्त्री पाण्डेको शपथ भने शुक्रबार हुने भएको छ । शुक्रबार मध्यान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख गुरूङले शपथ खुवाउने कार्यक्रम तय भएको पाण्डेको सचिवालयले जानकारी दिएको छ ।

        कमेन्टहरु