काठमाडौ महानगरले सिल गर्यो बालाजुको कोत-धुकु पेट्रोल पम्प

नवलपुर टुडे
२०८० बैशाख १४ | मध्यान्ह ०१:०१ बजे

काठमाडौ । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरले ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो।
मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै पेट्रोल पम्पमा सिल गरेको महानगरले जनाएको छ। उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो।





