ताप्लेजुङमा चट्याङ लागेर बालकको मृत्यु, आमा–बुवा घाइते

नवलपुर टुडे
२०८० बैशाख १४ | बिहान १०:०१ बजे

फुङ्लिङ, वैशाख १४ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
गए राति असिना–पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४, साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो । चट्याङ लागेर दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् ।
घाइते दुवैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । रासस





