गुल्मीमा जिप दुर्घटना हुदा सहचालकको मृत्यु, चालक घाइते

नवलपुर टुडे
२०८० बैशाख १४ | बिहान ०९:०१ बजे

गुल्मी, बैशाख १४ । गुल्मीको मालिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ बडिगार्ड गाउँपालिका–९ का १८ वर्षीय सहचालक किशोर केसी रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए।
गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठे जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप गएराति करिब पौने १० बजे मालिका गाउँपालिका–२ खल्टिङ खोलामा दुर्घटना हुँदा जिपका सहचालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट १५० मिटर तल खसेको थियो। जिपका चालक २१ वर्षीय प्रेम बहादुर केसी घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको पाण्डेले जानकारी दिए।





