राजनीति

    राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    नवलपुर टुडे
    २०८० बैशाख १४ | बिहान ०७:०१ बजे

      काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार  दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

      बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

      साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

        कमेन्टहरु