खेलकुद

    आज एसीसी प्रिमियर कप नेपाल कतारसँग भिड्दै

    नवलपुर टुडे
    २०८० बैशाख १४ | बिहान ०७:०१ बजे
    फाइल तस्बिर

      काठमाडौं, वैशाख १४ ।एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।

      कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतारबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतबीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।

      यसअघिको खेल पानी परेका कारण रद्द भएपछि नेपालले साउदी अरबसँग अङ्क बाँड्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

        कमेन्टहरु