समाचार

    १३ डिआईजीको पदस्थापन

    नवलपुर टुडे
    २०८० बैशाख १३ | मध्यान्ह ०७:०१ बजे

      काठमाडौं, वैशाख १३ । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका १३ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) को पदस्थापन गरेको छ । कार्यालयले बुधबार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा बढुवा भएका १३ जनाको पदस्थापन गरेको हो ।

      जसअनुसार डिआईजी कुवेर कडायतले केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् । उनले प्रहरी महानिरीक्षकको सचिवालय पनि हेर्ने छन् । यस्तै, अर्जुन चन्द ठकुरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मेवारी दिइएको छ भने केदार ढकाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

      अन्वेषण तथा योजना निर्देशनालयको जिम्मा विष्णुकुमार केसीले पाउँदा भरतबहादुर बोहरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, रवीन्द्र केसीले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मा पाएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मा राजेशनाथ बाँस्तोलाले पाएका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चन्द्रकुवेर खापुङ, मधेश प्रदेश प्रहरी कार्यालयमा जनकराज भट्टराई र काठमाडौं उपत्यका प्रहरी कार्यालयमा  लालमणि आचार्यलाई खटाइएको छ ।

      यस्तै, अपराध अनुसन्धान निर्देशनालयमा सुरेन्द्र मैनाली, केन्द्रीय अनुसन्धान ब्यूरोमा यज्ञविनोद पोखरेल र कार्य विभागमा विकासराज खनाललाई खटाइएको छ ।

        कमेन्टहरु