कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, ८२ संक्रमित थपिए

नवलपुर टुडे
२०८० बैशाख १३ | मध्यान्ह ०५:०१ बजे

काठमाडौं, वैशाख १३ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको छ ।
आज देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ६३४ वटा नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ ।
आजसम्म २९ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





