झापामा ओलीमाथि आक्रमणको प्रयास

नवलपुर टुडे
२०८० बैशाख १३ | मध्यान्ह ०४:०१ बजे

काठमाडौं, वैशाख १३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ ।झापामा आयोजित कार्यक्रममा जाँदा आज ओलीमाथि ढुंगा प्रहार भएको हो ।
बुधबार प्रतिनिधिसभामा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष ओली कार्यक्रमतर्फ जाँदा आक्रमणको प्रयास भएको बताए । गिरीले भने ‘काठमाडौंबाट झापातर्फ जाँदै गर्दा कार्यक्रमस्थल बुधबार जाने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि बाहिरबाट होहल्ला गर्ने गतिविधि भयो । कार्यक्रम विथोल्न अवाञ्छित गतिविधि भयो । शान्ति भंग गराउने काम भयो । ’
एमाले शान्तिमा विश्वास गर्ने पार्टी भएको उनले बताए ।





