खेलकुद

    मुम्बईमाथि गुजरातको सजिलो जित

    नवलपुर टुडे
    २०८० बैशाख १३ | बिहान ०७:०१ बजे

      एजेन्सी
      अहमदावाद । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग २०२३ मा मंगलबार मुम्बई इन्डियन्समाथि सजिलो ५५ रनको जित निकालेको छ ।

      यो जितसँगै गुजरातको १० अंक भएको छ र दोस्रो स्थानमा रह्यो । मुम्बई भने छ अंकमा छ । जितका लागि २ सय ८ रनको लक्ष्य पाएको मुम्बईले नौ विकेट गुमाएर निराशाजनक १ सय ५२ रन मात्र बनाउन सक्यो । नेहाल वढेराको ४० रन बाहेक अरू कसैले गतिलो योगदान दिन सकेनन् ।

      त्यस अगाडि गुजरातले ओपनर डेविड मिलरको ४६ रनको मदतले छ विकेटमा २ सय ७ रन बनाएको थियो । त्यसमा डेविड मिलरको ४६ र अभिनव मनोहरको ४२ रनको योगदान रह्यो ।

        कमेन्टहरु