देश

    मतगणना नसकिँदै जितनारायणले दिए रविलाई बधाई

    नवलपुर टुडे
    २०८० बैशाख १२ | बिहान १०:०१ बजे

      चितवन, वैशाख १२ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रबि लामिछानेको जित निश्चित भएपछि नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले बधाई दिएका छन् । मतगणनाको अन्तिम परिणाम नआउँदै कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपा उम्मेदवार लामिछानेलाई बधाई दिएका हुन् ।

      श्रेष्ठले लामिछानेलाई खादा लगाएर बधाई दिँदै जनताले अब साँच्चिकै परिवर्तन चाहेको बताए । ‘जनताले परिवर्तन खोजेको र परम्परागत दलहरू सच्चिनुपर्छ भन्ने सन्देश दिएको छ,’ श्रेष्ठले भने, ‘मैले परिणामलाई स्वीकार गरेको छु । हार स्वीकार गरेको छु । अझै म जनताका काम गर्दै अघि बढ्छु । रविजीलाई बधाई छ । म उहाँलाई बधाई दिन आएको हुँ ।’

      लामिछानेले अहिलेसम्म ४५ हजार ८ सय ४२ मत ल्याइसकेका छन् भने जितनारायणले ८ हजार ४ सय २५ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत ल्याएका छन् ।

        कमेन्टहरु