देश

    तिनिधि सभा सदस्यमा निर्वाचित स्वर्णिमलाई गोबिन्दले माला लगाइदिएर दिए बधाई

    नवलपुर टुडे
    २०८० बैशाख १२ | बिहान १०:०१ बजे

      तनहुँ, वैशाख १२ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन् ।

      आज बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ । उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए । विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका छन् ।

      रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।

        कमेन्टहरु